यस्तै रहेछ गरीबको जिन्दगी


सुख जति बगाइ लग्यो
दुखै दुख को भेलले
आफै भित्र कैदि बन्यो
मनरुपि यो जेल ले

पीडा र संघर्षमा बाच्नु पर्ने
गरीबको चोला रै'छ
सुख भन्दा दुख धेरै
भरिरहने झोला रै'छ

गरीब भए के भयो त
मेरो पनि रंगिन सपना छ
सपना त निदरीमा पो
बिउझदा त उहीँ बिपना छ

धन मात्र ठूलो थान्ने
मनको त कुरै छैन
एकपल निदाउन गरीबको
आनन्दीलो कुनै सुरै छैन

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "