मेरी प्रियालाई पत्र


हृदयका गराहरुबाट
कलिला मायाका पुष्पगुच्छाहरु
अनि
सानो मुटुको भित्ताहरुमा सजिएका
असीम प्यार
कठ्यांग्रिएका दीलका
कुना-काप्चाबाट निस्किएका
न्यानो मायाका
असंख्य शब्दहरु बाहेक
यो रेगिस्तानी मरुभूमि
चट्टाने बिरानो बस्तीबाट
अरु के नै पो
पठाउन सक्छु र
प्रिय तिम्रो लागि ।

अझैपनि स्मरणीय छन्
धुलो, माटोसङ्ग
लडिबुदी खेल्दै,
कुहिरोसङ्ग
लुकामारी गर्दै,
गोठालो जादा
तिमीसङ्ग बसेको माया
नयन भरि नअटाउने

सुन्दररुपी मुहार
हिमालको चुली
भन्दा अग्लो,
अमृत रस
भन्दा चोखो,
गगन भन्दा
फराकिलो,
अझैपनि बाकी नै छन्
तिमीले भरेका ती
तृप्तमय मायाका दोबहरु ।

सात समुन्द्र पारीको
समुन्द्री कुटिबाट
बेठेगान जीवनको
ढुंगे बस्तीबाट
जिन्दगीका बिशाल फातहरुलाई
साहित्यीक कलमले
गोडमेल गरेर,
लागिरहेछु
प्रिया तिम्रो र मेरो,
मायाका तिता, मीठा
शब्दहरुका सुन्दर बगैंचाको निर्माणमा ।

फुलाई रहेछु
आशाका मुनाहरु,
उडान भर्दैछन्
प्यारका पुतलीहरु,
कठोर अनि अब्बल छन्
आत्म बिश्वासहरु
पवन रफ्तारको बेगसङ्गै
सुन पहेली सुगन्ध झैँ
चुक्रुक्क सुकेका पालुवाहरु
बर्खायामको झरीले झैँ
उजादिएका पखेराहरु
लालीगुराँसको मुस्कानले झैँ
मेरो मनको सिहासनमा
तिम्रो मायाको भकारी भर्न बाकी नै छ ।

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "