विदेशको त्यो रात (वास्तविक भोगाई)


सानो कोठामा
मान्छेहरु टम्म
कसरी बसेका होलान
कस्तो अचम्म

दुईजना सुत्नु पर्ने
खिया लागेको खात
बिदेशको त्यो
पहिलो रात

उडुस हिडछन्
तातीकाताती
लामखुट्टेले टोक्छ्न
छातीमाथि

यताउता हेर्यो
चारैतिर फोहोर
साङ्लोको ताती गर्छन
ओहोरदोहोर

खिया लागेको बेद
सुत्नु पर्ने भुईमा
तातोको अनुभव नै छैन
ओछ्यानको त्यो रुईमा

ओध्यो भने निन्द्रा नलाग्ने
कपडाको गन्ध
मान्छेको शरीरमा पनि
पाईन मैले सुगन्ध

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "