त्यो मनको झरी ओत्नलाई यो मनको छातो लिएर जाउँ ।
चिसो शरीर न्यानो पार्न यो मनको तातो लिएर जाउँ ।।
जिन्दगीमा कति एक्लै बस्छौ कति एक्लै हिड्छौ,
जिन्दगीमा संगसंगै हिडौला मित्रताको नातो लिएर जाउँ ।
अचम्मको हुन्छ माया सबैको मनमा कहाँ फूल्छर,
त्यो मनमा फुलाउँने ठाउँ नभए यो मनको पातो लिएर जाउँ ।
कति नङ्ग्याउँछ्यौ ? सबैको सामु एक्लो जीवनलाई,
नाङ्गो जीवन ढाक्न यो मनको लुगाफाटो लिएर जाउँ ।
प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'