मदिराको मात कस्तो


मदिराको मात कस्तो
याद सबै भुलाईदिने
नपिउ भन्दा मनले मान्दैन
पिएपछि मन दुलाईदिने

बानी पनि कस्तो मेरो
एक बोतलले छुदै छुदैन
धेरै बोतल पियो भने
पापी मन बसमै हुदैन

गल्ती मानिसको हो मदिराको
कुनै दोष हुदैन
धेरै पिएपछि राम्रो नराम्रो
छुट्याउने होस हुदैन

पिउने बानिले पराई बनाउछ
मित्रहरु सबै टाढा बन्छन
दुई चार शब्द बोलीले
दोस्तीको नातामा बाधा बन्छन

पाप मानिसको ठूलो हुन्छ
प्रयाश्चित गर्ने मौका दिनुपर्छ
माफी पनि दिनुपर्छ
जिन्दगी भर पश्चाताप हुन्छ

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
"zone name","placement name","placement id","code (smart link)" dorbista.com.np,Popunder_1,28460258," "